|

सप्तरी : कञ्चनरूप नगरपालिका–१ बैरवा पोटरी हटियास्थित मुस्लिम टोलमा आगलागी हुँदा सात परिवारको ४४ लाख ५० हजार बराबरको क्षति भएको छ।

 स्थानीय कलिम शेखको फुसको घरमा आगलागी हुँदा टाँसिएको गाईगोठ जली पूर्णरूपमा नष्ट भएको थियो। आगो फैलिई उनका भाइ मर्तुन्ज शेखको नजिकै रहेको एक कोठे फुसको घर र उनका भाइ इस्लाम शेखको दुई तले टिनको जस्तापाता भएको कच्ची घरमा आगो लाग्दा हुँदा घरमा रहेको सरसमान जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

आगलागीबाट कञ्चनरुप–१ बैरवा बस्ने तीन दाजुभाइको ४४ लाखभन्दा बढीका सामग्री जलेर नष्ट भएको प्रहरीले  जनाएको छ। स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हनुमान नगर कंकालिनी नगरपालिका र कञ्चनरुप नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।  

पीडित परिवारलाई राहत

यसैबीच दलित सरोकार मञ्च नेपालले बैरवा पोटरी हटियास्थित मुस्लिम टोलमा भएको आगलागी पीडित परिवारलाई आज राहतमा खाद्यान्न र ब्ल्यांकेट वितरण गरेको छ।

मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवान, कञ्चनरुप– १ का वडाध्यक्ष रब्बान खान, कार्यपालिका सदस्यद्वय शोभा पासवान र सुरेश पंजियार, वडा सदस्य दुर्गानन्द यादव, कलिम शेख र संयुक्त दलित संघर्ष समिति कञ्चनरूपका संयोजक रामदेश शर्मा खत्वेको उपस्थितिमा चामल, गहुँको पिठो, दाल र ब्ल्यांकेट वितरण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.