|

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले संविधानसभा अध्यक्ष एवं एमाले सांसद सुवास नेम्वाङको निधन भएपछि (इलाम-२) एक स्थान खाली भएको सूचना संसद्‌लाई जानकारी गराएका छन्।

घिमिरेले संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराएका हुन्।

मंगलबार हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो। उनको निधनमा बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गरेको थियो। 

त्यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्तुत गरेको प्रस्ताव स्वीकृत भएको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.