|

काठमाडौं :  सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंको माईतीघरमा शिक्षकहरुले प्रदर्शन गरेका छन्।

देशभरबाट आन्दोलनमा आएका शिक्षकहरूले  माइतीघरमा भेला भई बुधबारबाट आन्दोलनमा उत्रिएका हुन्। आज दोस्रो दिन पनि उनीहरूको आन्दोलन यथावत छ।

 नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो। संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ।

जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्। सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ।  उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।  

आफ्ना मागहरू पूरा नभएसम्म आफूहरू राजधानीबाट नफर्किने पनि शिक्षकहरूले बताएका छन्। यता सरकारले उच्च तहबाट शिक्षकहरूसँग वार्ता गर्ने तयारी थालेको बताइएको छ।

केही तस्वीर झलक :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.