|

काठमाडौं : आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्। नयाँ बानेश्वरतर्फ जान शिक्षक प्रयास गरे पनि सुरक्षाकर्मीहरूले दिएका छैनन्।

माइतीघर मण्डलाबाट आन्दोलन गर्दै गएका शिक्षकहरू नयाँ बानेश्रर क्षेत्रमा जाने प्रयास गरेका छन्। उक्त आन्दोलन रोक्न ठूलाे मात्रामा नेपाल प्रहरी,सशस्त्र प्रहरीहरू परिचालन गरिएको छ।

शिक्षक प्रदर्शनकारीहरूले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध हिजोदेखि नै काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले देशभरको विद्यालयसमेत बन्द गरेका छन्।  देशभरबाट एकलाखभन्दा बढी शिक्षकहरू आन्दोलनमा सहभागी भएको शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीको दाबी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.