|

काठमाडौं : विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले दोस्रो दिन पनि आन्दोलनलाई उस्तै गरी निरन्तरता दिएका छन्। जारी आन्दोलनमा भोक, तिर्खा र थकाइले शिक्षकहरू सुस्ताउन थालेका छन्।

काठमाडौंमा दिउँसोको चर्को गर्मी, भोक, तिर्खा र थकाइले गर्दा शिक्षकहरू शीतल खोज्दै अल्छी मानेर बस्न थालेका छन्। त्यस्तै, कोही पानी तथा खानेकुराहरूको खोजीमा छटपटिएका देखिन्थे भने कोही टाढादेखि आउनुपर्दाको थकाइ र निद्राले मस्तसँग शीतलमा सुतिरहेका दृश्‍यहरू देखिन्थे।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा आज दोस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारी राखेका हुन्।

काठमाडौंको माइतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्। नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ।

बुधबारबाट शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ।

जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्। सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.