|

काठमाडौं : निरन्तर आन्दोलनमा रहेका राहत शिक्षकहरूले बिहिबार कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका छन्।  बुधबार केही  आक्रामक र उत्तेजित बनेका शिक्षकहरू आज भने शान्तिपूर्ण रुपले पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन्। 

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएर स्थायी प्रकृतिका शिक्षकहरू काठबाडौंबाट फर्किए पनि राहत, अनुदान, अस्थायी र करारमा आबद्ध रहेका र पेन्सनबाट बञ्चितमा परेका शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्।

उनीहरू अहिले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन्। उनीहरूले अस्ति भएको सहमति खारेज हुनुपर्ने, शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन्।  देशभरका सामुदायिक विद्यालयमा करिब ४६ हजार राहत शिक्षक रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.