|

गुल्मी : गुल्मीमा १५ वर्षीया किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

बाग्लुङ घर भई चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ मा कोठा भाडा गरी बस्ने १५ वर्षीया किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा बाँकेको खजुरा घर भई चन्द्रकोट-४ बस्ने २३ वर्षीय रहिस खाँलाई प्रहरीले पक्राउ गरेको हो।

निजलाई ज्यानसम्बन्धी कसुर र करणीसम्बन्धी कसुरको मुद्दामा जिल्ला अदालत गुल्मीबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

कात्तिक १७ गते किशोरीको शव चन्द्रकोट-४ को हुग्दी खोलामा फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.