|

सल्यान : सल्यान कालिमाटी गाउँपालिकाको होटलमा अन्दाजी ३६ वर्षीय पुरुष मृत फेला परेका छन्।

आइतबार बिहान कालिमाटी गाउँपालिका–२ सेतिखोलामा रहेको न्यू मध्यपश्चिम मम एण्ड नास्ता पसलमा वास बसेका सोही वडा भानटाकुराका ३६ वर्षीय मोहनलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आइतबार बिहान ११ बजेसम्म पनि कामी नउठेपछि होटलसाहु उठाउन जाँदा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.