|

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजीसी) ले मंगलबार पहिलो पटक युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएको छ।

नौसैनिक युद्धाभ्यासका क्रममा शाहिद महदवीबाट प्रक्षेपणमा एक हजार ७०० किलोमिटर टाढासम्मको लक्ष्यमा आक्रमण गर्न सक्षम दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो। ‘आईआरजीसीले पहिलो पटक ओमानको खाडीमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ’, सरकारी टेलिभिजनले भनेको छ। 

आईआरजीसी प्रमुख होसेन सलामीले भने, ‘युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइलको प्रक्षेपण सफलतापूर्वक गरिएको छ।’

अलगरूपमा सरकारी टेलिभिजनको रिपोर्टअनुसार मध्य इरानमा आइआरजिसीले तेलअविवको दक्षिणमा इजराइलको पाल्माचिम एयरबेसमा सतहदेखि सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल आक्रमणको अनुकरण गरेको छ। रिपोर्टमा पाल्माचिम इजराइलमा ‘एफ–३५ लडाकु विमानको मुख्य आधार’ रहेको बताइएको छ। 

अक्टोबर ७ मा इजराइल–हमास युद्ध बढेपछि इरानी सैन्य अभ्यास बढ्दो क्षेत्रीय तनावको समयमा भइरहेको छ। इस्लामिक गणतन्त्र इरानले इजराइललाई मान्यता दिँदैन र लामो समयदेखि इजराइलविरुद्ध हत्या र तोडफोडको छायायुद्ध लडिरहेको छ। 

तेहरानले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ। पश्चिमा देशहरूले इरानको मिसाइल कार्यक्रमलाई लिएर बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.