|

काठमाडौं : आजबाट विश्व सामाजिक मञ्चको १६औं संस्करण सुरु भएको छ। बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा १६ औं संस्करणको विश्व सामाजिक मञ्चको सम्मेलन सुरु भएको हो।

सम्मेलनमा प्रकृति, ब्रह्माण्ड र मानव जीवनका विविध विषयमा चारसय ५० भन्दा बढी सत्रमा विश्वका अनुभवी, दिग्गज र प्राज्ञिक व्यक्तिबाट छलफल, प्रशिक्षण, बहस, पैरवी हुने बताइएको छ । सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा भएको पहिलो विश्व सामाजिक मञ्चको १६औँ संस्करण नेपालमा आयोजना भएको हो।

नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु संकट, पितृृसत्ता, जातजाती, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्धमा एकजुट भएर गरिने विश्वभरका सामाजिक आन्दोलन र नागरिक संगठनको सामूहिक शक्तिलाई एकत्रित गर्दै परिचालन गर्ने काम विश्व सामाजिक मञ्चले गर्दै आएको छ।

सम्मेलनमा १३ वटा विषयगत विधामा आधारित भएर ४०२ वटा कार्यक्रमहरु दर्ता भएका छन्। कार्यक्रममा हालसम्म ९२ देशका १२५२ वटा संस्थाहरु दर्ता भएका छन्। सम्मेलन पाँच दिनसम्म चल्नेछ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.