|

काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु हुनासाथ प्रमुख विपक्षी नेकपा एमालेले ललितपुरको बालकुमारीमा भएको हत्याकाण्डमा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानविन आयोगले भनिसकेको भन्दै दोषीलाई मन्त्री पदमा राख्न नमिल्ने भन्दै तत्काल बर्खास्तको माग गरेको छ।

यस्तै, एमालेका सचेतक महेश बर्तौलाले स्वास्थ्यमन्त्री मोहन बस्नेत र सुदन किरातीलाई पनि बर्खास्त गर्न माग गरेका छन्। 

आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई १३ सांसदले प्रश्न सोध्ने छन्।

सांसदसँगको प्रत्यक्ष प्रश्न-उत्तर संवादअन्तर्गत आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजनालगायत विषयलाई उठाउने भएका छन्।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादमा यसपटक १५ जनाको समूह रहे पनि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले प्रश्न टिपाएका छैनन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.