पाल्पा : ४२औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका सबै स्थानीय तहमा सार्वजनिक बिदा दिएका छन्।
मंगलबार अर्थात् आज सार्वजनिक बिदा दिएका हुन्। यहाँ आठ गाउँपालिका र दुई नगरपालिका छन्। सबै स्थानीय तहले सूचना निकालेर बिदाको घोषणा गरेका हुन्।
पाल्पामा मगर समुदायको बाहुल्य रहेको छ। सबै स्थानीय तहमा मगर समुदायका संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेर यो दिवस मनाउँदै छन्।
मगर दिवसलाई भव्य र सफल बनाउन स्थानीय सरकारले सहयोग गर्ने बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।