|

काठमाडौं : नारायणहिटीस्थित चतुर्व्यूह नारायण मन्दिर परिसरमा शाक्यमुनि बुद्धको मूर्ति स्थापना गरिएको छ।

वर, पिपल र स्वामीको एउटै रुखमुनि नारायणहिटी-नारायणस्थान गुठी व्यवस्थापन समितिले शुक्रबार प्राणप्रतिष्ठा गरी बुद्धको मूर्ति स्थापना गरेको हो। राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले मूर्ति अनावरण गरे।

मन्दिर परिसरमा विभिन्न देवीदेवताका मन्दिर तथा मूर्ति रहेका थिए। अब बुद्धको समेत प्रतिमा स्थापना भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीको एकै स्थानमा आस्थाको केन्द्र बन्ने गुठीका अध्यक्ष रोहिणीप्रसाद पौडेलले बताए।

काठमाडौं उपत्यकाका चार प्रमुख नारायण चाँगुनारायण, इचंगुनारायण, शेषनारायण र विशङ्खुनारायणको दर्शन गरेपछि नारायणहिटीस्थित चतुर्व्यूह नारायणको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास रहेको यहाँका पीठाधिश नारायण पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.