|

काठमाडौं : प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ। गएराति सम्पन्न खेलमा ब्रेन्टफर्डलाई २–१ गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो।

आर्सनलको जितमा डेकलन राइस र काई हाभेर्ट्जले एक–एक गोल गरे। खेलको १९औं मिनेटमा बेन व्हाइटको क्रसमा राइसले हेडर गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको थप समयमा आर्सनलका गोलरक्षक एरन राम्सडेलको क्लियर योआन विस्साले ब्लग गर्दा बल पोस्ट भित्र गएपछि ब्रेन्टफर्डले खेल बराबरी गरेको थियो। तर खेलको ८६औं मिनेटमा व्हाइटको पास सदुपयोग गर्दै हाभेर्ट्जले गोल गरे। 

यो जितपछि अंक तालिकामा आर्सनलको २८ खेलमा ६४ अंक भएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको ६३ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको ६२ अंक छ। दुवै टोलीले आर्सनलले भन्दा १ खेल कम खेलेका छन्। 

प्रिमियर लिगमा आज लिभरपुल र सिटी प्रतिस्पर्धा गर्दै छन्। यस खेलको विजेता लिगको शीर्ष स्थानमा पुग्ने छ।

प्रिमियर लिगमै गएराति सम्पन्न अन्य खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० ले पराजित गर्दा उल्भ्सले फुलहमलाई २–१ ले हरायो। यस्तै बर्नमथ र सेफिल्ड युनाइटेडले २–२ तथा क्रिस्टल प्यालेस र लुटन टाउनले १–१ गोलको बराबरी खेले।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.