|

काठमाडौं : काठमाडौंको टेकु दोभान देखि थापाथली सम्म रहेका पुरातात्त्विक महत्वका काठ जलाइएको छ। काठमाडौं महानगरपालिकाको वडा ११ र १२ मा निर्माणाधीन २८ वटा सत्तल, मन्दिर आदीका पुरातात्त्विक काठहरू लघुवित्त पीडितहरूले जलाइका हुन्।

फागुन ५ गते देशभरका लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा लघुवित्त तथा वित्तीय शोषण विरुद्ध काठमाडौं आइपुगेका थिए। उनीहरूलाई तीनकुने राखिने भनिए पनि जिल्ला प्रशासन कार्यालयले गौशाला स्थित सिफलमा राखिएकोले गत हप्ता मात्र शिवरात्रिमा सिफलबाट थापाथली स्थित कालमोचन घाटमा सारिएको थियो। 

गुठी संस्थान अन्तर्गत पर्ने उक्त क्षेत्र भूकम्पले भत्काए पछि एकीकृत अधिकार सम्पन्न बागमती सभ्यता अभियान मार्फत एसियाली विकास बैकको ऋणबाट निर्माणाधीन छ। 

उक्त स्थानमा रहेका २८ मन्दिर सत्तल तथा घाटमा पुन निर्माणमा भत्काइएका मन्दिरका संरचनाबाट निकालिएको महत्त्वपूर्ण काठहरू थुपारिएको थियो। यसरी सम्पदा क्षेत्रमा अनधिकृत रूपमा बसेका छन्। तर सिडिओ र गुठी संस्थान भने मौन देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.