|

काठमाडौं : इस्लाम धर्मावलम्बीको महान रमजान महिना मंगलबारदेखि शुरु भएको छ।  एक महिना चल्ने यस पवित्र महिनामा मुसलमानहरु दिनभरि निराहार बस्छन्।

सूर्योदय हुनुअघि अर्थात् विहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज मगरिबको अजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिकाअनुसार परिवर्तन भइरहन्छ।

रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ भने यही महिनामा अल्लाहको कृपा प्राप्त हुने विश्वास लिइन्छ।

दान गर्न, गरिब र दीन दुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजानमा रोजा व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ।

 यसै पर्वको अवसरमा घण्टाघरस्थित जामे मस्जिदमा जम्मा भएर उनीहरूले नवाज पढेर एकआपसमा शुभकामना आदानप्रदान गरेका हुन्।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.