|

काठमाडौं : मानवको जीवन पानीमै भर परेको हुन्छ। विश्वमा मानव इतिहास पनि खोला नदीको किनार बाटै सुरु भएको पाइन्छ।

जनसंख्या वृद्धि, औद्योगीकरण, शहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरूमा असर गरिरहेको छ। काठमाडौं उपत्यका भएर बग्ने सबै खोला, नदीहरू नभइ ढल, नाली जस्तो देखिन्छन्।

बाह्रै महिना कालो, पहेंलो पानी बाहेक बगेको कहिल्यै देखिंदैन। उपत्यका भएर बग्ने मुख्य नदी बागमती , विष्णु मति , धोबीखोला , टुकुचेलगायत मुहानबाट निस्केको केहीबेरमै सफा पानीबाट कालो ढल बनेर बग्ने गर्दछ।

उपत्यका भएर बग्ने नदी सफा देखिएको कथामा मात्र सीमित रहने भयो। बागमती , विष्णुमती , धोबी खोलामा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन नहुँदासम्म पानी कालो हैन, सफा नीलो बग्छ भनेर अब आउने पुस्तालाई कसरी बुझाउन सकिएला?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.