|

काठमाडौं : होली पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन काठमाडौं उपत्यकाका तीनै जिल्लाको सडकमा उच्च संख्यामा ट्राफिक प्रहरी खटाइएको छ। होली पर्व मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई कम गर्न उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँच भइरहेको ट्राफिक कार्यालयले जनाएको छ।

त्यस्तै आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राखिएका छन्।  दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो उपस्थिति छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.