|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ मा भीरबाट लडेर एक जना भेडी गोठालाको मृत्यु भएको छ। 

भीरबाट लडेर मकालु गाउँपालिका–५ स्थत माङ्सिमाराई गाउँका ६२ वर्षीय हरिप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक जगेबुले जानकारी दिए।

भेडा चराउन गएका राईको मकालु–५ सुक्साम्बा भीरबाट लडेर मृत्यु भएको हो। 

आइतबार भेडा चराउन गएका राई फर्केर नआएपछि खोजी गर्दा गएराति मकालु–५ स्थित जुकेपानी खोल्सामा मृत अवस्थामा स्थानीयले फेला परेको थिए।  

मृतक राई भेडी गोठमा काम गर्दै आएका थिए। घटनास्थल सदरमुकाम खाँदबारीदेखि एक दिनको पैदल दूरीमा पर्दछ। मृतकको शव पोष्टमार्रटमका लागि मंगलबार बेलुकी ४ बजे जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ। 

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.