|

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–३ बाट एक गर्भवतीको उद्धार गरिएको छ। सिलिचोङ–३ ताम्कूकी गर्भवती २७ वर्षीया रीतु राईको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। 

सिलिचोङ–३ ताम्कूकी गर्भवती राई मंगलबार ६ बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कू भर्ना भएकी थिइन्। 

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ।

आठ घण्टाभन्दा बढी लामो समय बेथा लागेकी गर्भवती राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङ  राईले जानकारी दिए। 

 प्राथमिक स्वास्थ्य केन्द्र ताम्कू भर्ना भएकी राईलाई आठ घण्टाभन्दा बढी लामो बेथा लागेको र स्वास्थ्यमा अन्य पनि समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको स्वाथ्य शाखा प्रमुख कुलुङले बताए।

प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन सक्ने अवस्था नभएपछि थप उपचारका लागि काडमाडौँको थापाथलीस्थित प्रसूतिगृहमा लगिएको हो।

भौगोलिक विकटताका कारण नजिकमा वर्थिङ सेन्टर र स्वास्थ्य चौकीहरुमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त मात्रामा छैन। 

यही कारण जिल्लामा गम्भिर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ। जिल्लामा यो कार्यक्रम सुचारु भएयता झण्डै २० जना सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.