|

काठमाडौँ : राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा उनले पदबाट दिएको राजीनामा स्वीकृति गरिएको बताएका हुन्। उपाध्यक्ष अर्यालले बिहीवार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिएकी थिइन्।

अध्यक्ष दाहालले भने,‘राष्ट्रियसभाकी माननीय उपाध्यक्षले पदबाट दिनुभएको राजीनामा सनाखत गराई स्वीकृत भएको व्यहोरा सभासमक्ष जानकारी गराउँछु।’

नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपाध्यक्ष रहेकी अर्यालले नयाँ सत्ता समीकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिएकी हुन्। राजीनामा पत्रमार्फत उनले पदीय जिम्मेवारीमा रहँदा साथ दिएको भन्दै राष्ट्रियसभाका अध्यक्ष, सांसदहरू र संसद् सचिवालयका पदाधिकारीसहित सहयोगी सबैलाई धन्यवाद दिइन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.