|

काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल मलेशियाविरुद्ध फिल्डिङ उत्रिएको छ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा मलेशियाका कप्तान वीरनदीप सिंहले टस जितेर ब्याटिङको निर्णय गरेपछि नेपाल फिल्डिङमा उत्रिएको हो।

१० राष्ट्र सहभागी यो प्रतियोगिता यस पटक टी-२० ढाँचामा हुँदै छ। यसअघिको प्रतियोगिता भने एकदिवसीय ढाँचामा खेलाइएको थियो।

डिफेन्डिङ च्याम्पियन नेपाल मलेशियालाई आजको खेलमा पराजित गर्दै सुखद शुरुआत गर्न चाहन्छ भने मलेशिया पनि नेपालविरुद्ध हारको शृंखला रोक्ने सुरमा छ।

टी-२० अन्तरराष्ट्रियमा हालसम्म यी दुईबीच ९ खेल भएका छन्। तीमध्ये नेपालले ८ र मलेशियाले एक खेल जितेका छन्।

एसीसी प्रिमियर कपको विजेताले एशिया कपमा स्थान बनाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.