काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। उनी सोमबार विहान पत्नी सीतालाई लिएर सिंगापुर उडेका हुन्। सीता मधुमेह तथा रक्तचापकी विरामी हुन्। प्रचण्डको सचिवालयले उपचारको सिलसिलामा प्रचण्ड पत्नीलाई लिएर सिंगापुर उडेको जनाएको छ। छोरा प्रकाशको निधन पछि सीतालाई समस्या बढेको प्रचण्डको पारिवारीक स्रोतले जनाएको छ। यस अघि पनि पत्नी सीताको उपचारार्थ प्रचण्ड सिंगापुर र बैकक जाने गरेका थिए । उनी कहिले फिर्ने हुन् सो बारेमा सचिबालयले कुनै उल्लेख गरेको छैन ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।