|

सौराहा : नेपाल सरकारले चीनलाई उपहार दिन लागिएको ‘रुपसी र भद्र’ नामका गैँडालाई मंगलबार चितवनबाट काठमाडौं पठाइएको छ। काठको खोरभित्र राखिएका गैँडालाई स्काभेटरको सहायताले ट्रकमा राखेर काठमाडौं ल्याउन लागिएको हो। 

मंगलबार काठमाडौं लैजानका लागि गैँडालाई खोरभित्र पार्न स्याहारमा खटिएका कर्मचारीहरूले बुमाभन्दा बाहिर राखिएको खोरमा घाँस राखेका थिए। त्यही घाँस खान पिट बुमाबाट गैंडा खोरमा पसेका थिए। मानिसको चहलपहल हुनेबित्तकै गैंडा पुन पिट बुमामा झरे।

केही खानेकुरा ल्यायो कि भनेर तिनीहरू आए। केही खानेकुरा नपाएपछि पुन घाँस भएको खोरभित्र नै पसे। चारैतिर काठले बारेको माथिल्लो भाग खुला रहेको सानो खोरलाई पिटबुमा भनिन्छ। त्यही बुमामा जाने मूल ढोकामा गैंडलाई लैजान र ल्याउन प्रयोग गरिने काठको खोर राखिएको छ।

काठको खोर ट्रकमा राखेर गैँडालाई काठमाडौं ल्याइनेछ र असार २८ मा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यही काठको खोरमा राखेर प्लेनबाट गैंडा चीन पठाइनेछ।

यिनै हुन् चीन जाने गैंडा ‘रुपसी र भद्र’ मंगलबार काठमाडौ‌ं पठाइदै 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.