काठमाडौं : आज चैत्र शुक्ल पूर्णिमा। चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यो पूर्णिमालाई नै वर्षको पहिलो पूर्णिमा मानिन्छ। आज बालाजुको २२ धारामा मेला लाग्छ। यो दिन २२ धारामा स्नान गर्नाले चर्मरोगबाट मुक्त भई दीर्घजीवन प्राप्त हुने तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने धार्मिक विश्वास छ।
बालाजुको बाइस धाराको धार्मिक महत्वको साथै ऐतिहासिक महत्व पनि छ। करिब ३०० वर्ष पहिले मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा र पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्याएका हुन्। त्यसकारण यो बाइसधारा ऐतिहासिक संपदा पनि हो।
पौराणिक कथनमा, महायानी दार्शनिक आचार्य नागार्जुनले बुद्ध भगवानको स्मरण गरी यही जामाचो पहाडमा रहेको गुफामा ध्यान-साधना गरेर सिद्धि प्राप्त गरेका कारण यस क्षेत्रलाई नागार्जुन भनिएको मानिन्छ ।
यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रूपमा मनाउने गरेको छन्। यस दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइस धारामा नुहाईधुवाई गरेमा फलिफाप हने, किम्वदन्ती अनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पती भएकोले यसैको सम्झनामा ल्हुतिपूर्णिमा मनाउने गरिएको मान्यता छ।
ल्हुति पूणिर्माको दिन बाइसधारामा स्नान गरी मृत्त आफन्तको नाममाब बत्ती बाल्ने परम्परा छ।
फोटोमा बाइसधाराको मेला
तपाईंको ईमेल गोप्य राखिनेछ ।