|
फाइल फोटो

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ का ४८ वर्षीय थोमश बस्नेत र देवदह नगरपालिकाका ६ वर्षीय सुनिल मगर रहेका छन्। 

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग९प ४२६५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा२१प २८३० नम्बरको कार व्यास नगरपालिका–१२ कमलाबारीमा एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुई सवारी साधन एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार आँबुखैरेनी गाउँपालिका–६ का ४८ वर्षीय थोमश बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार घाइते बस्नेतको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते मोटरसाइकल चालक व्यास नगरपालिका–१२ मूलपानीका २२ वर्षीय उमेश खड्काको सोही अस्पतालमा उपचार भइरहेको लामिछानेले बताए। कार र चालक प्रहरी नियन्त्रणमा छन्।

यसैगरी दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा१६च २५२९ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको लु२७प ५३९ नम्बरको मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठोकिदा मोटरसाइकलमा सवार बालक सुनिल मगरको मृत्यु भएको छ । को दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका बस्ने ३० वर्षीय मीनप्रसाद मगर र २७ वर्षीया सुष्मा मगर घाइते भएका छन्। उनीहरू श्रीमान्श्रीमती हुन् भने मृत्यु हुने बालक छोरा हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.