|

काठमाडाै‌ं : निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले दलहरूको अहिलेको कार्यशैलीले १ वर्षभित्र तीनै तहको चुनाव हुन नसक्ने बताएका छन्। संविधानअनुसार आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र संघको चुनाव गरिसक्नुपर्ने भए पनि राजनीतिक दलहरूले चासो नदिएको उनको बुझाइ छ। 

बुधबार थाहा संचार नेटवर्कसँग कुरा गर्दै पूर्वप्रमुख आयुक्त उप्रेतीले सबै राजनीतिक दलबीच चुनावमा होमिनुपर्ने र निर्वाचन आयोगलाई आवश्यक कानुन र स्रोत साधन उपलब्ध गराउनुपर्ने बताए। ‘त्यसका लागि सरकार र निर्वाचन आयोग बसेर कार्यतालिका बनाउनुपर्‍यो, उनले भने, ‘दलहरूले सम्पूर्ण शक्ति लगाउने र तीनैवटा निर्वाचनका लागि चाहिने साझा सामग्री एकैपटक खरीद गरेर अघि बढ्ने हो भने एक वर्षमा गर्न सकिन्छ ।’ 

स्थानीय तहको चुनाव एकै दिन गर्न नसकिने भएकाले चरण\चरणमा गर्न उप्रतीले सुझाव दिए। झण्डै ३० हजार प्रकारका मतपत्र डेढ करोडको हाराहारीमा छापेर गाउँगाउँका मतदान केन्द्रमा पुर्‍याउन समस्या हुने उनको भनाइ छ।

त्यसपछि कात्तिक वा मंसिरमा विशेष व्यवस्था गरेर प्रदेश र संघको निर्वाचन एकैपटक गर्दा उपयुक्त हुने उप्रेतीले बताए। ‘पर्याप्त समय नदिई मिति घोषणा गर्ने र निर्वाचन आयोगले गर्न सकेन भनेर संसदको म्याद थप्ने सम्भावना पनि छ', उनले भने।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.