|

चीनको केन्द्र हुबेइबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण संसारभर फैलिन थालेको छ। अहिलेसम्म ८० राष्ट्रमा कोरोना संक्रमित भेटिइसकेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

यसको असर मावन मात्र परेको छैन, विश्वको अर्थतन्त्रमा पनि पर्न थालेको छ। कोरोना भाइरस संक्रमित बढेसँगै आर्थिक क्षेत्र पनि धराशायी हुने देखिएको छ। त्यसैगरी, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि आर्थिक वृद्धिमा भारी गिरावट आउने चेतावनी दिएको छन्।

यसले आर्थिक क्षेत्रमा कस्तो प्रभाव पार्छ भनेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विश्लेषण पनि गरिसकेका छन्। कोरोना भाइरको कारणले भारतमा २.५ हजार करोडको नोक्सान भएको आशंका गरिएको छ। भारतीय २० अर्ब ५ करोडको व्यापार घाटा अनुमान गरिएको हो। त्यसैगरी, युरोपियन युनियनको १.१ लाख करोड रुपैयाँ घाटा भएको अनुमान गरिएको हो। जुन भारतको भन्दा ४४ गुणा बढी हो।

विश्वभर कोरोना भाइरसको असर कस्तो छ?

संयुक्त राष्ट्र संघको आर्थिक मामिला विभागका अनुसार विश्वभर औद्योगिक क्षेत्रको सामान निर्यातमा ५० अर्ब डलर बराबरको घाटा हुने अनुमान गरिएको छ।

त्यसैगरी, तेलको माग १३.३ लाख ब्यारेल लिटर प्रतिदिन माग हुन्थ्यो भने अहिले ८.६ ब्यारले प्रतिदिन भइरहेको छ। चीनमा २०२० मा तेलको माग १.७ ब्यारेल प्रतिदिन माग हुने अनुमान गरिएको छ। यो वास्तविक मागको २० प्रतिशत मात्र हो।

तेलको माग ३० प्रतिशतसम्म झर्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय हवाइ उडान रद्द हुँदा सिंगापुर जेटको तथ्यांक ४० प्रतिशतदेखि तल झरिसकेको छ। पछिल्लो ११ वर्षयता हवाइ सेवामा उडान गर्ने यात्रुको संख्या कम भएको छ।

विश्वभर कच्चा तेलको आयातमा कमी भएको छ। अंग्रेजी महिनाको जनवरी २० अगाडि कोरोना भाइरस देखा परिसकेको थियो। अहिलेसम्म २० प्रतिशतले कच्चा तेलको आयातमा कमी आएको छ। इन्धन क्षेत्रमा मार्च महिनामा डेलिभर औसत ३.५२ प्रति एमएमबीटीयु हुनेछ। वर्षभरि यो ५२ प्रतिशतभन्दा कमी हो।

जनवरी महिना पछाडि अहिलेसम्म पर्शिय गल्फ चीन बिएलसिसीमा फ्रेट रेट ५० प्रतिशतका दरले तल झरेको छ। अहिले यो १०-११ प्रति मेट्रिक टन हो। वर्षभरि चीनको एलएनजी आयात ६ प्रतिशतभन्दा कम भएको छ।

गत हप्ता विश्वभर शेयर बजारमा २००८ यता सबैभन्दा बढी गिरावट आएको छ।

   देश 

  अनुमानित नोक्सान

  यूरोपीय युनियन

  १ अर्ब १ करोड रुपैयाँ

  अमेरिका

  ४२ अर्ब रुपैयाँ

   जापान

  ३८ अर्ब रुपैयाँ

   दक्षिण कोरिया

  २७ अर्ब ८ करोड रपैयाँ

   चीन 

  १९ अर्ब रुपैयाँ

   भियतनाम 

  १६.८ अर्ब करोड रुपैयाँ

   भारत   

 २० अर्ब ५ करोड रपैयाँ

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.