|

काभ्रे : रोशी गाउँपालिका–८ नार्केबजारमा बम विष्फोट भएको छ। सोमबार राति नीरबहादुर तामाङको दुईतले घरको भुइँतलामा रहेको पसलको सटर छेउमा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ।

विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन। विष्फोट विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको प्रहरीले शंका गरको छ। यसअघि सो समूहले तामाङको घरमा झाण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो। 

दुईजना अपरिचित व्यक्ति आएर शंकास्पद बस्तु राखी गएको केही बेरमै बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिङले बताए। थिङका अनुसार घटना भएको थाहा पाउन साथ मंगलटार इलाका प्रहरी चौकीबाट पाँचजना र कटुञ्जे प्रहरी चौकीबाट तीनजना प्रहरी पुगेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.