|

काठमाडौं : गएराति पार्टी एकीकरणको सहमति गरेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी, राजपा नेपालका नेताहरु पार्टी एकीकरणको जानकारी गराउन निर्वाचन आयोगमा पुगेका छन्। पार्टी एकीकरणको जानकारी दिन आयोगमा पुगेको एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र महताले बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पार्टी फुटाउने नियतले अध्यादेश जारी गरेको र यो लोकतन्त्रमाथिको प्रहार भएको आरोप लगाए। उनले आफूहरुबीच एकताको तयारी पहिलदेखि नै भएको तर लकडाउन लगायतका कारणले केही समय रोकिएको भए पनि गएराति एकीकरण सम्पन्न गरिएको सञ्चारकर्मीहरुलाई जानकारी दिए।

साथै महतोले संविधानको मर्मविपरित ल्याइएको अध्यादेश तत्काल फिर्ता गर्न माग गरे। दुई पार्टीका नेताहरुबीच हिजो साँझ भएको छलफलपछि पार्टी एकताको सहमति भएको हो। दुई दलबीच समानताका आधारमा एकता गर्ने सहमति भएको छ।

एकतापछि बनेको नयाँ दलमा समाजवादी पार्टीले प्रयोग गरिरहेको झण्डा र राजपा नेपालले प्रयोग गर्दै आएको चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.