|

काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।  देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बिहान १० बजे बैठक बोलाएका हुन्।

सत्ता गठबन्धन भत्किएपछि नयाँ रणनीति तय गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। 

गत पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धनको साथ छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसहितको समर्थनमा प्रधानमन्त्री भएपछि  कांग्रेस सत्ता विमुख भएको थियो। 

तर गत फागुन १२ मा पुस १० को कोर्स करेक्सन भएपछि सत्तामा कांग्रेसको ‘कमब्याक’ भएको थियो। कांग्रेस नेतृत्वको गठबन्धन एक वर्ष नपुग्दै भत्किएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.