भाेलिबाट सेवा
भाेलिबाट सेवा
काठमाडौं : यतिबेला सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा धमाधम 'डेडिकेटेड लेन' निर्माण तीव्र पारिएको छ।
अहिले सम्बन्धित सडक डिभिजन कार्यालयले उक्त द्रूत बस सेवा सञ्चालनका लागि डेडिकेटेड लेनमा 'रेड मार्क' गरिरहेको हो।
२५ वटा बस चलाउने योजना रहेको उक्त लेनमा भाेलि संविधान दिवस (३ असोज)देखि द्रूत बस सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएकाे हो।
बुधबार दुई वटा बस चलाइने र अन्य बस क्रमैसँग चलाउने योजना रहेको सरकारले जनाएको छ।
थप तस्वीरमा
तपाईंको ईमेल गोप्य राखिनेछ ।