|

गुल्मी : नेपाली काँग्रेस गुल्मीले पार्टी सदस्यहरूबाट अनिवार्य रूपमा लेबी उठाउने भएको छ।

काँग्रेसको विधानमा लेबी उठाउने स्पष्ट व्यवस्था भए पनि लेबी नउठाएको काँग्रेसले अबदेखि अनिवार्य रूपमा लेबी उठाउने व्यवस्था गरेको पार्टी सचिव भगतसिंह खड्काले जानकारी दिए।

काँग्रेसको मङ्सिर ९ र १० गते २ दिनसम्म चलेको दोस्रो जिल्ला सम्मेलनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा खड्काले अनिवार्य लेबी उठाउने जानकारी गराए। काँग्रेसले विधानलाई टेक्दै हालसम्म कार्यान्वयन हुन नसकेको लेबीलाई अनिवार्य गर्ने निर्णय गरिएको खड्काले बताए।

यस्तै काँगेस गुल्मीले पार्टीलाई थप प्रभावकारी बनाउन गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल अभियानलाई वडा, टोल प्रशिक्षण कार्यक्रम चलाउने निर्णय गरिएको पार्टी सभापति खिलध्वज पन्थीले जानकारी दिए।

काँग्रेस गुल्मीले विगतका वर्षहरूको पुरानो तिर्नुपर्ने रकमलाई खोजीखोजी तिर्ने र आयव्यय चुस्त दुरुस्त राख्ने व्यवस्था पनि पार्टीले मिलाएको पन्थीले बताए।
कार्यक्रममा सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई पन्थीले धन्यवाद दिए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.