|

गुल्मी : नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताएका छन्।

नेकपा एमाले गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा मंसिर १४ गतेदेखि एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा सहित मध्यपहाडी राजमार्ग यात्राले जनतामा थप उत्साह पैदा भएको उनको दाबी छ।

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रामा जनताका गुनासा, सल्लाह सुझावले पार्टीलाई थप बलियो बनाउने थापाको दाबी छ। यो समयमा मध्यपहाडी लोक मार्गको अवस्था र आगामी दिनमा एमालेले गर्नुपर्ने कामलाई समेत मार्ग निर्देश गर्ने उनको भनाइ छ।

नेकपा एमाले जनताका सुखदुःखमा साथमा रहेको दाबी गर्दै थापाले जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खटिएको स्वयंसेवकको टोलीले समेत पुष्टि गरेको बताए।

मंसिर २० गते गुल्मीको वामीमा हुने विशाल आमसभाको सम्पूर्ण तयारी पूरा भएको एमाले गुल्मीले जनाएको छ। केन्द्रीय अध्यक्ष सहितका नेताहरूले उक्त सभालाई सम्बोधन गर्ने नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिए।

उक्त सभामा १० हजारभन्दा बढी कार्यकर्ता उतार्ने एमालेले तयारी गरेको काउछाले बताए।


 

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.