काठमाडौं : नुवाकोटको साततले दरबार राजा पृथ्वीनारायण शाहले बनाएका हुन्। विसं १८१९ मा शाहले ललितपुरबाट कालिगड झिकाइ बनाउन लगाइएको नुवाकोटको नौ तले दरबार पछि विसं १९९० को भूकम्पले गर्दा भत्किएर सात तला भएको थियो।
त्यसपछि यस दरबारको नाम नै सात तले दरबार हुन पुगेको हो। त्यसपछि विसं २०७२ मा गएको विनाशकारी भूकम्पले सात तले दरबार भत्किएर खण्डहर बनेको थियो।
नुवाकोटका प्रमुख पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको पुनःनिर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भयले स्थानीय चिन्तित छन्।
भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरबारलाई चिराचिरा बनाएर चर्काएको छ। रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको थियो।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।