|

सल्यान : जिल्लाको दार्मा गाउँपालिकाले जनयुद्ध दिवस भन्दै फागुन १ गते सार्वजनिक बिदा दिएको छ। 

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष जुना मल्ल चन्दद्वारा आइतबार सार्वजनिक सूचनामा माघ १७ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार फागुन १ गते सार्वजनिक बिदा दिएको उल्लेख छ । गाउँपालिकामा रहेका कार्यालय तथा विद्यालयमा बिदा दिएको बताइएको छ। 

संघीय सरकारले दिएको सार्वजनिक बिदाको निर्णय केही दिनअघि सर्वोच्च अदालतले बदर गरिदिएको थियो । तर माओवादी केन्द्रले जितेका केही पालिकामा भने बिदा घोषणा गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.