|

काठमाडौं : मुग्लिन–पोखरा सडक योजनाको दुवै खण्डमा कालोपत्र गर्न सुरू गरिएको छ।

कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलोमिटरमध्ये पोखरा प्रवेशमा अस्पाल्ट कालोपत्रको काम सुरू भएको छ भने पुर्वी खण्डमा पहिल्लै सुरू भएको थियो।

एसियाली विकास बैंक (एडिबी)को सहुलियत ब्याज ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजना मार्फत काम भइरहेको छ। राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.