|

रुपन्देही : पाँच नम्वर प्रदेश सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रदेशको अस्थायी मुकाम बुटवलस्थित संसद् भवनमा प्रदेश प्रमुख उमाकान्त झाले जेष्ठ सदस्य बलदेव शर्मा पोख्रेललाई शपथग्रहण गराएका हुन्।

त्यसपश्चात् जेष्ठ सदस्य शर्माले उपस्थित अन्य प्रदेश सदस्यलाई ईश्वरको नाममा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। प्रदेश सभाका प्रत्यक्षतर्फ निर्वाचित ५२ जना र समानुपातिकबाट निर्वाचित ३५ जना गरी ८७ जनाले आइतबार शपथ लिएका हुन्।

प्रदेश प्रमुखद्वारा पद बहाली

पाँच नम्बर प्रदेशका प्रमुख उमाकान्त झाले पदभार ग्रहण गरेका छन्। वुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्। 

पदभार ग्रहण गर्दै झाले प्रदेश सरकार गठन र संसदीय प्रक्रिया र नियमानुसार अघि वढाउने बताएका छन्।

नेपाली जनताको चाहना अनुसारको संघीय लोकतान्त्रिक गणतन्त्रले मूर्त रुप लिन लागेकोमा खुशी व्यक्त गर्दै आफुले पाएको जिम्मेवारी निर्विवाद ढंगले पूरा गर्ने बताए।

माघ मसान्तसम्म प्रदेश सरकारः पोख्रेल

नेकपा एमालका नेता तथा भावि मुख्य मन्त्रीका चर्चामा रहेका शंकर पोख्रेलले माघ मसान्तसम्म प्रदेश सरकार वन्ने बताए।

सपथ ग्रहण स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रदेश प्रमुखले राजनैतिक दफाहरुको बिचमा  छलफल गरेर सरकार गठनको लागि पहल गर्नुपर्ने र माघ मसान्तसम्म प्रदुश सरकार वन्ने बताए। राजधानीको बिषयमा त्यसको टुङ्गो प्रदेश सभाले लगाउने र सहमतिको आधारमा स्थानीय राजधानी तोकिने बताएका हुन्।

तस्बिरमा शपथग्रहण कार्यक्रम :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.