|

सौराहा : नेपाल सरकारले चीनलाई उपहार दिन लागेका दुई गैँडालाई मंगलबार चितवनबाट काठमाडौं ल्याइँदै छ। काठको खोरभित्र राखिएका गैँडालाई स्काभेटरको सहायताले ट्रकमा राखेर काठमाडौं ल्याउन लागिएको हो।

गैँडालाई खोर पार्न मंगलबार बिहान स्याहारमा खटिएका कर्मचारीहरूले बुमाभन्दा बाहिर राखिएको खोरमा घाँस राखेका थिए। त्यही घाँस खान पिट बुमाबाट गैँडा खोरमा पसेका थिए। मानिसको चहलपहल हुनेबित्तिकै गैँडा पुन पिट बुमामा झरे। केही खानेकुरा नपाएपछि पुन घाँस भएको खोरभित्र नै पसे।

चारैतिर काठले बारेको माथिल्लो भाग खुला रहेको सानो खोरलाई पिटबुमा भनिन्छ। त्यही बुमामा जाने मूलढोकामा गैँडालाई लैजान र ल्याउन प्रयोग गरिने काठको खोर छ। असार २८ मा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यही काठको खोरमा राखेर प्लेनबाट गैँडा चीन पठाइनेछ।

 

चीन पठाइने 'रुपसी र भद्रलाई' चितवनबाट बिदाइ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.