|

पोखरा : नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला इन्चार्जसहित तीनजना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला इन्चार्ज योगेन्द्र कुमाल,जिल्ला सदस्य जीवन क्षेत्री र विद्यार्थी नेता सुशान्त सुबेदीलाई सोमबार गोरखा नगरपालिका ६ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए।

‘उनीहरूलाई विप्लबको पार्टीको प्रचार गर्ने पोस्टरहरू टाँसिरहेको अवस्थामा पक्राउ गरिएको हो’ एसपी बस्नेतले भने। उनीहरू मंसिर आठ गतेदेखि काठमाडौंमा हुने जनसभाको प्रचारको पोस्टर टाँस्दै थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.