|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटीको बैठक बुधबारबाट जारी छ। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको पार्टीको विधानको विषयमा छलफल भइहरेको छ। 

नेकपाको कन्द्रीय सदस्यमा ठूलो टोली भएकाले १५ समूहमा विभाजन गरेर तीन ठाउँमा छलफल भइरहेको छ। राष्ट्रियसभागृह, पार्टी कार्यालय धुम्बारही र पेरिसडाँडामा छलफल भइरहेको छ। राष्ट्रिय सभागृहमा ८, धुम्बारहीमा ३ र पेरिसडाँडामा ४ समूहको छलफलमा छन्। 

राजनीतिक प्रतिवेदन, सांगठानिक र विधान संशोधन प्रस्तावमाथि छलफलमा जुटेका छन्। नेपाल–भारत सीमा विवाद, अमेरिकी सहयोग एमसीसी, यती प्रकरण, सरकारका कमजोरी र पार्टी एकताका बाँकी कामका विषयमा पनि छलफल भइरहेको नेकपाको केन्द्रीय सदस्य पासाङ शेर्पाले बताए। 

बिहीबारबाट सुरु भएको छलफलको शुक्रबार १ बजे सबै समूहले निष्कर्ष दिनुपर्ने भएको छ। समूहमा भएको छलफलबाट निष्कर्ष निस्‍केपछि त्यसलाई बैठकमा राख्‍नका लागि समूहले नेता र उपनेता चयन गरेको छ। 

बैठकमा एमसिसीको विषयले तीव्र रूपमा प्रवेश पाएका छ। त्यस विषयमा नेताहरूबाट मिश्रित धारणा आएको छ। 

यी हुन् नेता र उपनेताः
१) उर्मिला अर्याल र आनन्द पोखरेल दुवै नेता तोकिएको छ  
२) कमला रोक्का नेता, उपनेताः कृष्णध्वज खड्का र कृष्ण राई 
३) खिमलाल भट्टराई (नेता), 
४) जगन्नाथ खतिवडा (नेता), 
५) ठाकुर गैरे (नेता), बहसका लागि  दिनेशकुमार राई, तिलक महत, दीलिप प्रजापति, दामा शर्मा तोकीएको छ। 
६) दीनानाथ शर्मा (नेता) (बहस नोट– देवेन्द्र दाहाल, देवी खड्का, देवी ज्ञवाली)
७) पूर्णाकुमारी सुवेदी (नेता),  निरज आचार्य (उपनेता)
८) बिन्दा पाण्डे (नेता), (उपनेता बलराम बास्कोटा, बलावती शर्मा)
९) भगवती चौधरी (नेता), भास्कर काफ्ले (उपनेता)
१०) (बहस नोट– महेश बस्नेत, यज्ञराज सुनुवार, मोहम्मद महवुज अन्सारी, यशोधाकुमारी सुवेदी, युवराज चौलागाईँ) समूहको अध्यक्षता युवराज ज्ञवालीले गरिरहरेका छन्। नेता र उपनेता तोक्न सकेको छैन।
११) राजेन्द्र राई (नेता), 
१२) रेणु दाहाल (नेता),  (बहस टिप्नको लागिः लक्ष्मीप्रसाद पोखरेल, रेखा शर्मा र रामदिप आचार्य, लक्ष्मण पौडेल)
१३) लेखनाथ न्यौपाने (नेता), सावित्रा भुसाल (उपनेता)
१४) राम कार्की (नेता), शिवमाया तुम्वाहाङ्फे (उपनेता) 
१५) हिमाल शर्मा (नेता)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.