|

धनकुटा : नेपालका लागि जापानी राजदूत साइगो मासामिचीले नेपाल जापान सम्बन्ध अझै सुमधुर हुने बताएका छन्।

जिल्ला अस्पताल धनकुटालाई जापानी राजदूतले अनुदानमा अक्सिजन प्लान्ट हस्तान्तरण गर्दै राजदूत मासामिचीले जापान सरकारको सानो सहयोग रहेको र धेरै बिरामीलाई राहत पुगोस भनेर प्लान्ट हस्तान्तरण गरेको बताए।

पूर्वी पहाडी जिल्लाका जनतालाई सुविधा दिनका लागि जिल्ला अपस्तालमा उक्त अक्सिजन प्लान्ट निर्माण गर्न जापानी राजदूतलाई आग्रह गरिएअनुसार जापान सरकारको ९६ लाख ६२ हजार १३८ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको अस्पतालका निमित्त प्रमुख पुजन विश्वकर्माले जानकारी दिए।

अक्सिजन प्लान्टबाट जिल्ला अस्पताललगायत पूर्वी पहाडी जिल्लाका अस्पताललाई अक्सिजन उपलब्ध गराउन सकिने धनकुटा जिल्ला अस्पतालले जनाएको छ। यसैबीच जापानी राजदूत मासामिचीले आँखा अस्पताल धनकुटाको पनि निरीक्षण गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.