सोलुखुम्बु

  • खुम्बुमा अष्ट्रेलियाली नागरिकको मृत्यु

    सोलुखुम्बु  : खुम्बु क्षेत्रमा एक अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ। जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२ रातमाटेमा सोमबार अष्ट्रेलियाली नागरिक ६३ वर्षीय​ भ्यालेन्स फिलिप्स थोमसको निधन भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ। कार्याल...

  • सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति

    सोलुखुम्बु : वसन्त ऋतुको सगरमाथा आरोहणका लागि ३१ जनाले आरोहण अनुमति लिएका छन्।  पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा चढ्न  ४ टोलीका ३१ जना सदस्यले अनुमति लिएका हुन। जसमा ७ जना महिला छन्। हालसम्म १० वटा हिमालका लागि अनुमति जारी भएको छ। जसमा...

  • स्ववियु निर्वाचन : सोलुखुम्बुका २ क्याम्पसमा तालाबन्दी

     सोलुखुम्बु : स्ववियु निर्वाचनको मिति नजिकिदै जाँदा नेचासल्यान गाउँपालिकामा रहेका २ वटा क्याम्पसमा तालाबन्दी भएको छ। वडा नम्बर ३ मा रहेको हिमाल दर्शन क्याम्पस र वडा नम्बर २ मा रहेको बी.पी. कोइराला संस्कृत विद्यापीठमा अनिश्चितकालका तालाबन्दी गरिएको हो। हिमाल...

  • उपसभामुखको टोली सगरमाथा क्षेत्रमा

    सोलुखुम्बु : जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन विश्वको अग्लो हिमाल सोलुखुम्बुस्थित सगरमाथा क्षेत्रको पदयात्रा सुरु भएको छ।   प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरसहितको टोलीले खुम्बु क्षेत्रको पदयात्रा सुरु गरेको हो।  यस वर्षको मार्च ८ अर्था...

  • अग्रिम राजस्व तिर्न थाले सगरमाथा निकुञ्ज क्षेत्रमा उड्ने हेली कम्पनीले

    सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्जले अनुमति नलिएका हेलिकप्टरलाई निकुञ्ज क्षेत्रमा उडान तथा अवतरणमा कडाई गरेको छ। फाप्लु विमानस्थल र तेञ्जिङ हिलारी विमानस्थललाई निकुञ्जसँग अनुमति नलिएका हेलिकप्टरलाई उडान तथा अवतरणको अनुमति नदिन पत्राचार गरेसँगै राजस्व संकलनमा वृ...

  • अत्यधिक रक्तस्रावले सोलुखुम्बुमा सुत्केरीको मृत्यु

    सोलुखुम्बु : सोलुखुम्बुको सोताङ गाउँपालिकामा सुत्केरीको ज्यान गएको छ। अत्यधिक रक्तस्रावका कारण सोताङ गाउँपालिका-५ की ३० वर्षीया गंगा बस्नेतको ज्यान गएको जिल्ला अस्पताल फाप्लुका डाक्टर अजय चौधरीले जानकारी दिए। उनका अनुसार बिहीबार दिउँसो सोताङ प्राथमिक अस्पतालमा अप्रे...

  • विपन्न तथा जेहेन्दारलाई एमबिबिएस पढाउँदै गाउँपालिका अध्यक्ष

    सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले राज्यबाट आफूले पाउने सेवा–सुविधाबाट १ जना विद्यार्थीलाई एमबिबिएस पढाउने भएका छन्। अध्यक्ष राईले गाउँपालिकाभित्रका गरिब तथा जेहेन्दार १ जना विद्यार्थीलाई एमबिबिएस पढाउने निर्णय गरेका हुन्। ...

  • सोलुखुम्बुमा ६ महिनामा १९ आगलागी, झण्डै ७ करोडको क्षति

    अन्जु कार्की सोलुखुम्बु : सोलुखुम्बुमा चालू आर्थिक वर्षको ६ महिनामा १९ वटा आगलागी भएका छन्। साउनदेखि हालसम्म १९ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक छ। आठवटा स्थानीय तहमध्ये थुलुङ दुधकोशी गाउँपालिकामा सबैभन्दा बढी १२ वटा आगलागीका घट...

  • सोलुखुम्बुका जंगलमा ३ दिनदेखि डढेलो

    सोलुखुम्बु : सोलुखुम्बुका २ वटा जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ।​ सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ सिगानेस्थित वनमा ३ दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर शाहले जानकारी दिए।​ शनिवार ...

  • फाप्लु विमानस्थलको मुख्य प्रवेशद्वार सारिने

    सोलुखुम्बु : सोलुखुम्बुको फाप्लु विमानस्थलमा वर्षौंदेखि उपयोगविहीन मुख्य प्रवेशद्वार अन्यत्र सारिने भएको छ। प्रवेशद्वार विमानस्थल टावरदेखि टाढा रहेकाले नजिकै प्रवेशद्वार राख्नका लागि प्राधिकरणको केन्द्रीय कार्यालयमा प्रस्ताव गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रम...

  • सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल सात वर्षदेखि प्रयोगविहीन

    सोलुखुम्बु : जिल्लाको काँगेलडाँडा विमानस्थल वर्षौँदेखि प्रयोगविहीन अवस्थामा छ। सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रूपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ स्थित विमानस्थल सात वर्षदेखि ठप्प रहेको हो।  करोडौँ लगानीमा २०५२ सालमा निर्माण ...

  • खुम्बु क्षेत्रमा जम्न थाल्यो पानी, पिउन पनि समस्या

    सोलुखुम्बु : अत्यधिक चिसोका कारण जिल्लाको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ। चिसो बढेसँगै यो क्षेत्रको तापक्रम घटेर माइनस १० डिग्री सेल्सियससम्म पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए। चिसोका कारण पाइ...

  • सोलुखुम्बुका विष्णु यू-२३ भलिबलको राष्ट्रिय टोलीमा

    सोलुखुम्बु : सोलुखुम्बुका उदीयमान भलिबल खेलाडी विष्णु बस्नेत अब राष्ट्रिय खेलाडी बनेका छन्। अन्तरराष्ट्रिय भलिबल प्रतियोगिताका लागि २३ वर्षमुनिको (यू-२३) राष्ट्रिय टिममा उनको नाम समावेश भएसँगै उनको खेल करिअर नयाँ मोडमा आइपुगेको छ। बङ्गलादेशको राजधान...

  • एक महिनामै १३ हजारभन्दा बढी पर्यटक पुगे खुम्बु

    सोलुखुम्बु :  एक महिनामा  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणका लागि १३ हजार बढी पर्यटक खुम्बु क्षेत्र आइपुगेका छन्। कात्तिक महिनामा  मात्र खुम्बु क्षेत्रको भ्रमणका लागि १३ हजार १५८ जना पर्यटक खुम्बु आइपुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ। ...

  • सोलुखुम्बुमा पूर्वमन्त्रीलाई हराउँदै एमालेका राई प्रतिनिधिसभामा विजयी

    सोलुखुम्बु : सोलुखुम्बुमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई पराजित गर्दै एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बलबहादुर केसीलाई २ हजार ७७९ मतले पछाडि पार्दे एमालेका राईका प्रतिनिधि...

  • सोलुखुम्बु प्रदेश क्षेत्र (ख)मा एमालेका बुद्धिकुमार विजयी

    सोलुखुम्बु : प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारी विजयी भएका छन्। गठबन्धनका उमेदवार माओवादी केन्द्रका नेता शिवबहादुर बस्नेत (राजेन्द्र)लाई ३३१३ मतान्तरले पछि पार्दै राजभण्डारी दोस्रो पटक विजयी भएका हुन्।  खसेको कुल मत १९४१५ ...

  • सोलुखुम्बुमा एमालेको सुरुवाती अग्रता

    सोलुखुम्बु : जिल्लामा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार मानवीर राईले अग्रता लिएका छन्।   १६ सय ३७ मत गणना हुँदा राईले ७ सय ६७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार बल बहादुर केसीले ७ सय ५२ मत ल्याएका छन्। ७६ मत बदर भएको छ।&n...

  • सोलुखुम्बुमा ६ स्थानीय तहको मतपेटिका सल्लेरी आइपुग्यो, खुम्बुको हेली मार्फत ल्याइँदै

    सोलुखुम्बु:  सोलुखुम्बुको ६ स्थानीय तहको मतपेटिका सदरमुकाम सल्लेरी आइपुगेको छ। लिखुपिके गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेक  ११९ मतदान केन्द्रको मतपेटिका सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खुम्बु पासाङ ल्हाम...

  • सोलुखुम्बुमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप

    सोलुखुम्बु : सोलुखुम्बुमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको माप्य दूधकोशी गाउँपालिका ६ वाकुमा शुक्रबार राति  एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा एमालेका विशाल राई त...

  • सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

    काठमाडौं : सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ मा  एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्।  सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भई फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय श...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]