|

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विजय कुमार गच्छदारको बैधानिकताका विषयमा प्रश्न उठेको छ। केन्द्रीय सदस्यहरूले गच्छदार अबैधानिक हुने बताएका छन्। 

सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भए पनि हालसम्म उनले बैधानिकता पाएका छैनन्। सभापतिले बाधा अड्काउ फुकाउनुपर्ने भन्दै उनलाई उपसभापतिमा मनोनीत गरेका थिए।

नेपाली कांग्रेसको विद्यमान विधान र प्रस्तावित नयाँ विधानमा उपसभापति हुनका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्छ। तर गच्छदार आमन्त्रित केन्द्रीय सदस्य हुन्।  पार्टीका अर्का उपसभापति विमलेन्द्र निधि मात्रै विधानअनुसार बैधानिक हुनेछन्। उनी निर्वाचित केन्द्रीय सदस्य हुन्। विधानअनुसारनै सभापति देउवाले निधिलाई उपसभापित बनाएका थिए। 

महासिमित बैठकपछि गच्छदारको बैधानिकतामाथि प्रश्न उठ्नेछ। नयाँ बनेको विधान लागू भएपछि एक उपसभापति हुनुपर्नेछ र उक्त उपसभापति पनि केन्द्रीय कार्यसमितिमा निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने विधानमा व्यवस्था गरिएको छ। गच्छदार आमन्त्रित केन्द्रीय सदस्य मात्र हुन्। 

त्यसले उनी अबैधानिक हुने नेता एक केन्द्रीय सदस्यले बताए। यद्यपि महासमिति बैठकले बाधा अड्काउ फुकाएर अनुमोदन गरेमा उनको उपसभापतिको पद जोगिने सम्भावना हुन्छ। तर हालसम्म उनको उपसभापति पद जोगिने सम्भावना देखिँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.