|

काठमाडौं : काठमाडौको महत्त्वपूर्ण पर्व इन्द्रजात्रा मंगलबार विधिवत् सुरू भएको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वाजसहितको लिङ्गो ठड्याइएको छ। लिङ्गो ठडाएपछि यो जात्रा विधिवत प्रारम्भ हुन्छ।  

मंगलबार बिहान १० बजेर ३७ मिनेटको शुभसाइतमा ३३ फुटे लिङ्गो ठड्याइएको हो।  इन्द्रध्वजोत्थानपछि नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी यो जात्रा आठ दिनसम्म मनाउने परम्परा छ । 

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। यो इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्व हो । मुख्य रुपमा भाद्र शुक्ल चतुर्दशी (यो वर्ष असोज ११ गते) इन्द्रको पूजआरधाना गरी इन्द्रजात्रा पर्व मनाइन्छ । 

इन्द्रजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चतुर्थीका दिन ‘इन्द्रध्वज पतन’ गरी जात्रा समापन गरिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.