|

काठमाडौं : वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका कैयौँ सवारीसाधन प्रहरी ठानामा थन्किएका छन्। कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन्। तर ती सवारीसाधनको प्रयोग भएको छैन। कवाडीको रुपमा हजारौँ सवारीसाधनहरु प्रहरी कार्यालयमा थुपारिएको देख्न सकिन्छ।

थुपारिएका ठाउँमा कुन र कति सवारीसाधन थुपारिएका छन् भन्ने तथ्यांक सम्बन्धित कार्यालयसँग छैन। कतिपय सवारी साधनको मुद्दा समयमा किनारा लागेको छैन भने किनारा लागेका मुद्दामा पनि बरामद सामानबारे कुनै उल्लेख नहुँदा बहुमूल्य सम्पत्ति खेर गइरहेको छ।

वर्षौँदेखि थन्किएका सवारीसाधान केही टुटेफुटेका मोटरसाइकल मर्मतपछि प्रयोग गर्नसक्ने अवस्थाका पनि छन्। तर वर्षौँदेखि त्यसरी बेवारिसे अवस्थामा रहेका सवारीसाधनप्रति सवारीधनी र प्रहरीको समेत चासो नहुँदा त्यसै ‘कवाडी’ बन्दै गएका छन्।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका विभिन्न प्रहरी इकाइमा यस्ता सवारी साधनको चाङ देखिन्छ। यी सवारीसाधन ट्राफिक प्रहरीले विभिन्न कारबाही गरेर कार्यालयमा ल्याएका हुन्। तर, कारबाहीपछि सवारी धनी लिन नआउँदा यस्ता सवारीसाधन दिनप्रतिदिन कवाडी बन्दै गएका छन्।

ट्राफिक प्रहरी कार्यालयले दैनिक विभिन्न कसुरमा कारबाही गरेकामध्ये मापसे गरेर कागजपत्र नभएका सवारीसाधनलाई होल्ड गर्छ। यसरी होल्ड भएका सवारी साधन भोलिपल्ट वा कुनै दिन सवारी धनीले आवश्यक कागजपत्र पुर्‍याएर आफ्नो सवारी फिर्ता लग्न सक्छन्। तर केही मानिस यस्ता साधन फिर्ता लिनै आउँदैनन्। जसले गर्दा दिनप्रति दिन प्रहरी हातामा सवारीको चाङ लाग्दै गएको छ।

चाङ लागेका सवारी साधन देख्दा प्रहरी कार्यालय नै हो वा कवाड खाना? एकछिन सोच्न बाध्य बनाउँछ। न्युज एजेन्सी नेपालका फोटो पत्रकारले उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा पुगेर क्यामेरामा कैद गरेका केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.