दार्चुला

  • दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु

    धनगढी : दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको ​नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो। वडाध्यक्ष नारायणसिंह ठगुन्नाका अनुसार उनी घरमा एक्लै थिए। घरका अरु सदस्य सदरमुकाममा रहेको उनले बताए।

  • दार्चुलामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु

    धनगढी : दार्चुलामा गए रातिदेखिको वर्षाले  ठूलो जनधनको क्षति गरेको छ। जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा एक महिलाको मृत्यु भएको छ।  नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परी ३० वर्षीया किम्ती ठगुन्ना र पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्ना...

  • दार्चुलामा बाढीले घर बगाउँदा एकै परिवारका चार बेपत्ता

    काठमाडौं : अविरल वर्षासँगै लास्कु खोला र महाकाली नदीमा आएको बाढीका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगडमा एकै परिवारका चारजना सम्पर्कविहीन भएका छन्।  यी दुई नदीमा आएको बाढीले बंगाबगड क्षेत्रका ११ वटा घर पूर्णरूपमा बगाएको दार्चुलाका निमित्त प्रम...

  • दार्चुलामा एकल महिलाको आगो लगाएर हत्या, दुई जना पक्राउ

    दार्चुला : दार्चुलामा एक महिलाको हत्या गरिएको छ। ​ शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो। घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले ज...

  • दार्चुलाको अपिहिमालमा कांग्रेसका वडाध्यक्ष विजयी

    काठमाडौं : दार्चुलाको अपिहिमाल गाउँपालिका १ मा नेपाली काँग्रेसका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएको छ। लोथ्याल १८३ मतसहित  वडाध्यक्ष विजयी भएका हुन्।  उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए। लोथ्याल कांग्रेसका तर्फबाट गठबन्धनका ...

  • भारतीय स्काभेटर महाकालीमा, वारि र पारिका बासिन्दाबीच ढुंगा हानाहान

    धनगढी : दार्चुलाको सदरमुकाम खलंगास्थित महाकाली नदी क्षेत्रमा भारतको ज्यादती बढेको छ। आज (मंगलबार) भारतीय पक्षले नेपालको क्षेत्रमा पर्ने महाकाली नदीमा स्काभेटर चलाएको छ। तटबन्ध निर्माण गरिरहेको भन्दै भारतीयले नेपाली नदी क्षेत्रमा स्काभेटर चलाएको जिल्ला प्रशासन ...

  • दार्चुलामा कोरोनाविरुद्धको खोप अभाव

    दार्चुला : जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ। प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो। प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाव...

  • प्रहरी सीतापुल झरेपछि तिंकरनाका सुरक्षाविहीन

    दार्चुला : दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरू झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ। स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरू झरेको हो। कात्तिक पहिलो साता आएको अविरल वर्षा ...

  • एसएसबीले तुइन काट्दा महाकाली नदीमा नेपाली युवा बेपत्ता

    दार्चुला : व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन्। सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी शुक्रबार बेपत्ता भएका हुन्।  महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि...

  • भारतले सडक बनाउँदा नेपालको बाटो भत्कियो

    दार्चुला : भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ।  भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ। यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्ग...

  • अपिहिमालमा विद्युत् उत्पादन अन्तिम चरणमा

    दार्चुला : अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादन अन्तिम चरणमा पुगेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको हो। ...

  • यार्सा टिप्‍न गएकी महिलाको मृत्यु

    दार्चुला : अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा संकलनका क्रममा मृत्यु भएको छ। यार्सागुम्बा संकलन गर्न अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो। गत वैशाखमै पाटन पुगेकी धामीमा पेट दुख्ने समस्या थि...

  • पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक

    दार्चुला : भारतीय सुरक्षा बल (एसएसबी)ले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ। पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ। आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा प...

  • तिंकर सडक खण्डका दुईवटा पुल पाँच वर्षमा पनि बनेनन्

    दार्चुला : महाकाली करिडोरअन्तर्गत पर्ने दार्चुला तिंकर सडक खण्डको लास्कु र नजाङगाड खोलामा मोटरेबल पुल निर्माण शुरु भएको पाँच वर्ष भयो। सो सडक खण्डको मुख्य क्षेत्रमा पर्ने यी दुई पुल निर्माण समयमै नहुँदा  सडक खण्ड वर्षातमा सडक अवरुद्ध हुँदै आएको छ। झण्डै दुई वर्षभि...

  • दार्चुला नाका नियमित खोल्न सरकारलाई अनुरोध

    बैतडी : नेपाल–भारत जोड्ने दार्चुलाको नाका नियमित रुपमा खोल्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले  सदरमुकाम खलंगास्थित घाट बजारमा रहेको नेपाल–भारत जोड्ने झोलुंगे पुल नियमित रु...

  • व्यासको छांगरुमा हिमपात (फोटो फिचर)

    दार्चुला : दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात भएको छ। सोमबार देशका विभिन्‍न स्थानमा सिमसिम पानी पर्नुका साथै मुस्ताङ, डोल्पा र हुम्लालगायत जिल्लाहरूमा समेत हिमपात भएको हाम्रा समाचारदाताहरूले जनाएका थिए। हिमपातका कारण जनजीवन कष्टकर भएपछि छांगरु र ...

  • दार्चुलाका एक संक्रमितको मृत्यु

    दार्चुला : कोरोना संक्रमणबाट दार्चुलामा एक संक्रमितको मृत्यु भएको छ। श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। उनलाई दुई दिन अघिदेखि श्वास फेर्न गाह्रो भएको थियो। नेपाल व...

  • छाङरुमा टेलिकमको टावर निर्माण शुरू

    दार्चुला : दार्चुलाको कालापानी नजिकैको गाउँ छाङरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको छ। स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङरुमा टेलिकमले नमस्ते मोवाइल सेवाको टावर निर्माण शुरु गरेको हो। टावर निर्माणका लागि जग खन्ने काम शुरु गरिएको छ र...

  • कोरोनाले पुल बन्द : रातिराति नदी तरेर भारत पस्छन् नेपाली

    दार्चुला : खेतबारीको काम सकियो। सधैं खेतबारीको काम सकेर रोजगारीका लागि भारतका सीमावर्ती क्षेत्रमा मजदुरीमा जाने लेकम गाउँपालिका–४ का ३४ वर्षीय हरिष (स्रोतको अनुरोधमा नाम नखुलाइएको) यो वर्ष रोजगारीका लागि भारत जान सकेका छैनन्। उनी जस्तै पचासौं युवा...

  • खलंगा बजार बन्द गराउन सेना परिचालन गरियो

    दार्चुला : सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ। बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो। महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]